विकासको नमूना क्षेत्र बनाउने संकल्प सहित जसपा उम्मेदवार यादवद्धारा ३२ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोरङ क्षेत्र नं. ५ का उम्मेदवार राजकुमार यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । विराटनगर १४ रामजानकी मन्दिरमा पत्रकार सम्मेलन मार्फत खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उहाँले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित रहेर ३२ बुँदा सार्वजनिक गर्नु भएको हो । शिक्षा, स्वास्थ्य, रोजगार, […]

मोरङ ४ मा एमालेको चुनावी अभियान तीव्र, २ सय बढी एमालेमा प्रवेश

विराटनगर ४ फागुन । मोरङ क्षेत्र नं. ४ मा नेकपा एमालेको चुनावी अभियानले तीव्रता पाएको छ । गत माघ ६ गते मनोनयन दर्तापछि उम्मेदवार जीवन घिमिरेले घरदैलो, पार्टी कार्यकर्ता भेटघाट शुरु गर्नु भएको थियो । निर्वाचन आयोगले मुख्यप्रचार प्रसार आजदेखि खुला गरेपछि मोरङ ४ मा अभियानले तीव्रता पाएको नेकपा एमाले मोरङक सचिवालय सदस्य तथा क्षेत्रीय […]

उम्मेदवार ढकाल पितृशोकमा, चुनाव प्रचारमा छोरीहरु

विराटनगर ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुख्य चुनाव प्रचारप्रसार आजदेखि खुला भएको छ । मुख्य चुनाव प्रचारको समयमा मोरङ ६ का एमाले उम्मेदवार विनोद ढकाल पितृ शोकमा हुनुहुन्छ । उहाँका बुवा विष्णुप्रसाद ढकालको माघ २९ गते १०२ वर्षको उमेरमा निधन भएपछि उम्मेदवार ढकालले अहिले काजक्रियामा हुनुहुन्छ । निर्वाचन प्रचार […]

मुख्यप्रचारका कार्यक्रम आजदेखि खुला, दल र उम्मेदवारलाई आयोगको ६४ बुँदे निर्देशन

विराटनगर ४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण […]

एमाले उम्मेदवार ढकालद्धारा हात्ती र बाँदर आतंक नियन्त्रण गर्ने सहित ३० बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर ३ फागुन । मोरङ क्षेत्र नं. ६ का नेकपा एमालेका उम्मेदवार विनोद ढकालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । पितृशोकमा रहनु भएका ढकालको निवासमा क्षेत्र नं. ६ का चुनावी कमाण्डर लालबाबु पण्डित, एमाले निर्वतमान उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज ऋषिकेश पोखरेल लगायतका नेताहरुको उपस्थितिमा […]