कांग्रेस मोरङ क्षेत्र नं. ४ का उम्मेदवार घिमिरेद्धारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार गुरुराज घिमिरेले ३९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मतदानको १० दिन अघि उम्मेदवार घिमिरेले सोमबार साँझ प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । उम्मेदवार घिमिरेले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषिलाई प्राथमिकता दिँदै प्रतिबवद्धता सार्वजनिक गर्नुभएको हो । प्रतिबद्धता पत्रमा घिमिरेले […]

चुनावी प्रचारमा लाग्ने शिक्षक र कर्मचारीलाई आयोगले कारबाही गर्ने

विराटनगर ११ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको हो […]

तीन दिन विदा दिन निर्वाचन आयोगको सिफारिस

विराटनगर १० फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदातालाई मतदान गर्न सहज होस् भनेर यस्तो सिफारिस गरिएको हो । फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ […]

मोरङ १ का एमाले उम्मेदवार खतिवडाद्धारा चुुनावी प्रतिबद्धता सार्वजनिक

विराटनगर ९ फागुन । मोरङ क्षेत्र नम्वर १ का एमाले उम्मेदवार घनश्याम खतिवडाले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्नु भएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको कार्यालय उर्लाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले चुनावी प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा तमोर चिसाङ डाइभर्सन परियोजनालाई राष्ट्रिय गौरवको योजनाका रूपमा सम्पन्न गर्ने, क्षेत्र नं. १ का सिंचाइ […]

मोरङमा ५० उम्मेदवारले मात्रै खोले बैंक खाता, ६० जनाको बाँकी

विराटनगर ९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङमा ११० जना उम्मेदवार छन् । निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्ने उम्मेदवारको संख्या ५० पुगेको छ । अझै ६० जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । बैंक खाता खोल्नका लागि प्रदेश निर्वाचन […]