विराटनगर २ फागुन । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनुभएको हो […]
विराटनगर १ फागुन । नेकपा एमाले माेरङ क्षेत्र नं ४ का उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रका ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएकाे छ । विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएकाे हाे । माेरङका एमालेका ६ जना उम्मेदवार मध्ये प्रतिबद्धता पत्र सार्वजनिक गर्नेमा उहाँ पहिलो हुनुहुन्छ । प्रतिबद्धताहरू संविधानले परिकल्पना गरेको […]
विराटनगर २९ माघ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा मोरङ क्षेत्र नं. १ का उम्मेदवार घनश्याम खतिवडा अहिले निर्वाचन क्षेत्रमा घरदैलो, मतदाता भेटघाटमा व्यस्त रहनु भएको छ । उहाँले निर्वाचन क्षेत्रका कुनैपनि प्रतिष्पर्धी उम्मेदवार विरुद्ध बोल्नु भएको छैन । यसअघिका निर्वाचनमा पनि शुरुमा कुनैपनि उम्मेदवार विरुद्ध उहाँले बोल्नु भएको थिएन । प्रतिष्पर्धी उम्मेदवारले […]
विराटनगर २९ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जस अन्तर्गत बिहीबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, […]
विराटनगर २८ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ । बूढीगंगा गाउँपालिका–१, २, ३, ४, ६ र ७ मा स्थापना गरिएका […]