मोरङमा निर्वाचन लक्षित कडा सुरक्षा, मतदानस्थलको संयुक्त अनुगमन

विराटनगर २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मोरङमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदानस्थल र मतदान केन्द्रको संयुक्त रूपमा स्थलगत अनुगमन एवं निरीक्षण गर्ने कामलाई तीव्र पारिएको छ । मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ […]

कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य

विराटनगर २६ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ५८ जना महिला सहित ४९४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार ताप्लेजुङ, […]

सडक, खानेपानी, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकता : ढकाल

विराटनगर २३ माघ । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले सडक, खानेपानी, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकता रहेको बताउनु भएको छ । बुढीगंगा क्षेत्रको आधारभूत समस्या समाधानलाई आफूले पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । बुढीगंगा गाउँपालिका–६ बौराहामा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सडक, खानेपानी, स्वास्थ्य र रोजगारीका मुद्दालाई आगामी […]

निर्वाचन हुनेमा ढुक्क हुन सबैमा प्रधानमन्त्री कार्कीको आग्रह

विराटनगर २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नु भएको छ । आज मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको हो । उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो । निर्वाचनको समयमा सबै […]

मोरङमा आन्तरिक ‘मेसेनरी’ चुस्त बनाउँदै एमाले

विराटनगर २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि नेकपा एमाले मोरङले प्रारम्भिक चरणमा पार्टी सदस्य सम्म पुग्ने काम गरिरहेको छ । विभिन्न तहका ६ तहका निर्वाचन परिचालन कमिटी अहिले परिचालित छन् । केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका इन्चार्ज ऋषिकेश पोखरेलको नेतृत्वमा केन्द्रीय तहको निर्वाचन परिचालन कमिटी सक्रिय छ । […]