मोरङ १ का सांसद न्यौपानेको अभिव्यक्तिप्रति लेटाङ नगरपालिकाको आपत्ती

विराटनगर ६ भदौ । मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभा बैठकमा लेटाङ ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक […]

कोशी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्वाचित

विराटनगर ६ भदौ । कोशी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश समितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव, कोषाध्यक्षमा सर्जु थापा देवान नर्वाचित हुनु भएको छ । सदस्यहरुमा सत्यनारायण राजभण्डारी, विपिन […]

कोशी प्रदेश सरकार प्रविधिमा फड्को मार्दै, देशमै पहिलो पल्ट कोशीमा प्रविधिमैत्री सरुवा प्रणाली सुरु

विराटनगर, ६ भदौ । कोशी प्रदेश सरकारले प्रदेशस्तरमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रविधि मैत्री प्रणाली सुरुवात गरेसँगै प्रदेशभित्र कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी, व्यवस्थित र अनुमानयोग्य बनाउने दिशामा महत्वपूर्ण प्रशासनिक सुधारको सुरुवात भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण प्रसाद रिसालले बताउनुभयो । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको […]

ब्राईट भिजन ल कलेज विराटनगरमा ‘मुटकोर्ट’ प्रतिष्पर्धा, विद्यार्थीले गरे उत्कृष्ट बहस

विराटनगर ६ भदौ । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरले ‘मुटकोर्ट’ ( नमूना अदालत) प्रतियोगिता गरेको छ । गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण आज सम्पन्न भएको छ । फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्धामा बहस गरेका थिए । निर्णायकमा उच्च […]

सहास नेपालद्धारा धनपालथानमा यूवाहरु र जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग संवाद

विराटनगर ६ भदौ । मोरङको धनपालथान गाउँपालिकामा सहास नेपालले यूवाहरु र जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग संवाद कार्यक्रम गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा स्थानीयवासीले कृषि तथा पशुपालन, पालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवा प्रवाह, उच्च शिक्षाका लागि छात्रबृत्ति, सीपमुलक तालिम, खानेपानीको राम्रो प्रवन्ध हुनुपर्ने, रैथानेवालीको संरक्षण, बीउ बैंकको स्थापना, यूवा लक्षित कार्यक्रम सञ्चालनहुनु पर्ने बताएका […]