लागु औषध दुव्र्यसन नियन्त्रणमा सवैको सहयोग आवस्यक : मुख्यमन्त्री कार्की

विराटनगर १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागु पदार्थको दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलव्ध गराउने बताउनुभएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज विराटनगरमा आयोजित लागु औषध दुव्र्यसन विरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले लागु औषध दुव्र्यसन व्यक्तिको मात्र नभएर परिवारको […]

विराटनगरमा नमूना संयुक्त राष्ट्रसंघ सम्बन्धी सम्मेलन

विराटनगर ९ जेठ । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा […]

मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै

विराटनगर ९ जेठ । मोरङमा पहिलोपटक लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ । यही जेठ १० गते आइतबारदेखि औपचारिक रूपमा अभियान सुरु हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा सुरु हुन लागेको महाअभियानको उद्घाटन कोशी प्रदेशको राजधानी विराटनगरमा भव्य कार्यक्रमका साथ गरिने भएको छ । आइतबार बिहान विशेष समारोहमार्फत शुभारम्भ गरिने महाअभियानको सबै […]

विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट

विराटनगर ७ जेठ । बेलायतको ‘मास्टरशेफः द प्रोफेशनल्स’बाट अन्तर्राष्ट्रिय पहिचान बनाएका सन्तोष शाहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई विराटनगरमा समेत विस्तार गरेका छन् । विराटनगर दुधफारम पूर्व मिथिला थाली सञ्चालनमा ल्याइएको हो । मिथिला संस्कृति र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित एउटै छानामुनि दुवै अवधारणा समेटिएको नयाँ आउटलेट सञ्चालनमा ल्याएको सेफ सन्तोष शाहले […]

कोशी प्रदेशको अर्थतन्त्रको आकार १० खर्ब ४३ अर्ब ११ करोड

विराटनगर ७ जेठ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीको तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय तथ्याङक कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार विराटनगरमा आयोजित प्रादेशिक लेखा अनुमानहरुको प्रदेशस्तरीय सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले सो तथ्याङक प्रस्तुत गर्नु भएको हो […]