विराटनगर १५ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित हुनु भएको छ ।
अन्तिम परिणाम अनुसार ६ सय ४७ मत प्राप्त गर्दै कार्की महानगर सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी केशव गिरीले १ सय २६ मत प्राप्त गर्नुभयो । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका कार्की कांग्रेसमा युवा पुस्ताका नेताका रूपमा सक्रिय हुनुहुन्छ ।
महानगर समितिको निर्वाचनमा कार्कीको प्यानलले अधिकांश पदमा सफलता हात पारेको छ । महिला उपसभापति पदमा श्रृति शर्मा ४ सय ९५ मतसहित निर्वाचित हुनु भएको छ । उहाँकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २ सय २९ मत प्राप्त गर्नुभयो ।
महानगरबाट जिल्ला कार्यसमिति सदस्यतर्फ खुला समूहमा ज्ञानेश्वर नेपाल, सुमन प्रसाईंर सुरेन्द्र भट्टराई ‘सुगल’ निर्वाचित भएका छन् । महिला समूहबाट सावित्रा पोखरेल र उमा घिमिरे जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
यसअघि उपसभापतिमा शुभाषित कोइराला, सचिवमा वीरेन्द्र यादव र सहसचिवमा टिकाराम सापकोटा निर्विरोध निर्वाचित भएका थिए ।