विराटनगर १५ असोज । कोशी सरकारले प्रदेश योजना आयोगमा २ जनालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर ३ का तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राई नियुक्त गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रवक्ता गोम्बु शेर्पाले बताउनुभयो । त्यस्तै मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गतेलाई सारिएको छ ।
यसअघि असोज २२ र २३ गते सम्मेलन गर्ने निर्णय भएको थियो । विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माण गर्ने निर्णय पनि आजको क्याविनेटले गरेको छ ।