वडा सचिव मल्लिक सेवा निवृत्त

विराटनगर १२ कात्तिक । विराटनगर महानगरपालिका वडा नं. ८ का सचिव मनोज मल्लिक अनिवार्य अवकाशमा जानुभएको छ। लामो समय सरकारी सेवामा रहेर स्थानीय तहको प्रशासनिक सेवामा योगदान पुर्‍याउनुभएका मल्लिकलाई वडा कार्यालयले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेको छ। मल्लिक २०५४ चैत २७ गते तत्कालीन विराटनगर उपमहानगरपालिकामा खरिदार पदमा नियुक्त हुनुभएको थियो। सेवाकालका क्रममा उहाँले विराटनगर महानगरपालिकाअन्तर्गतका […]

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंद्धारा पदबाट राजीनामा

विराटनगर १० कात्तिक । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिनु भएको छ । पदको दुरुपयोग गरेको आरोप लागेपछि उहाँले मंगलबार पदबाट राजीनामा दिनु भएको हो । उहाँले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाउनु भएको छ । उहाँको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको […]

सप्तकोशी जेटबोट दुर्घटनाको छानबिन गर्न कोशी सरकारको समिति गठन

विराटनगर १० कात्तिक । सप्तकोशी नदीमा यात्रुबाहक जेटबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न कोशी प्रदेश सरकारले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई दुर्घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र […]

कोशी प्रदेशमा दसैँको अवधिमा सवारी दुर्घटनामा २२ जनाको मृत्यु

विराटनगर ९ कात्तिक । कोशी प्रदेशमा दसैँको अवधिमा ४ सय १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जना सवारी चालकसहित १७ जना पुरुष र २ जना बालिकासहित ५ जना महिला रहेका छन् । दुर्घटनामा परेर ७ सय ४६ जना घाइते भएका छन् । घाइतेमध्ये ३१ […]

मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट क्रिकेट एकेडेमीलाई, युनाइटेडमाथि ४३ रनको जित

विराटनगर ३ कात्तिक  । झापाको बिर्तामोडमा सम्पन्न मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट स्पोर्ट्स जोन विराट क्रिकेट एकेडेमी, विराटनगरले जितेको छ। युनाइटेड क्रिकेट एकेडेमी झापाको घरेलु मैदानमा सम्पन्न ६ खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरको टोलीले उपाधि हात पारेको हो। तीन दिनसम्म सञ्चालन भएको सिरिजमा दुवै एकेडेमीका अन्डर–१३ र अन्डर–१५ उमेर समूहका ३० जना युवा खेलाडी […]