विराटनगर २० असाेज। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले श्रम आप्रवासनमा जाने नेपालीको संख्या बढ्दै गएको भन्दै सुरक्षित आप्रवासनलाई व्यवस्थित बनाउन राज्यका तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ। विराटनगरमा आज आयोजित ‘सुरक्षित आप्रवासन प्रवर्द्धनका लागि कोशी प्रदेशस्तरीय नीतिगत संवाद तथा पैरवी कार्यक्रम’मा बोल्दै मन्त्री शेर्पाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले आर्जन […]
विराटनगर २० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ । मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न […]
विराटनगर १९ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले वामपन्थी आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताउनुभयो । खनालको नेतृत्वमा शनिबार भएको गोप्य भेलाबाट पारित प्रस्तावबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो […]
विराटनगर, १९ असोज । कोशी प्रदेशमा दलित समुदायको हक, अधिकार संरक्षण, सुनिश्चितता र सशक्तीकरणका लागि ल्याइएको दलित अधिकारसम्बन्धी विधेयक चालु प्रदेशसभा अधिवेशनबाटै पारित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक कोशी प्रदेश र कोशी प्रदेशस्तरीय मानवअधिकार सञ्जालले सोमबार कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टलाई ध्यानाकर्षणपत्र बुझाउँदै विधेयक तत्काल पारित गर्न माग गरेका हुन् । ध्यानाकर्षणपत्रमा राष्ट्रिय […]
विराटनगर १९ असोज । सेयर बिक्रीबापतको रकम भुक्तानी गरेको प्रमाणसहित अस्पताल प्रशासनले पूर्वसञ्चालकहरूको आरोप अस्वीकार गरेपछि विराटनगरको रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबार विवाद थप जटिल बनेको छ । अस्पताल अध्यक्ष मन्नुकुमार गुप्ताले चार जना पूर्वसञ्चालकलाई १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेका छन् भने पूर्वसञ्चालकहरूले आफूहरूले सेयरबापतको रकम नपाएको […]