विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुुर्याएपछि सो लक्ष्य हासिल गरेको हो । महानगरपालिकाका अनुसार पूर्ण […]

साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

विराटनगर २० जेठ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग २–१ गोलले स्तब्ध बनेको हो । बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो । इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन । नेपाली डिफेन्डरहरुले बल क्लियर गर्न नसक्दा त्यसको फाइदा उनले उठाइन । २२ […]

जीउले मात्र एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन : अध्यक्ष ओली

विराटनगर २० जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र शिर काटेर टेलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताउनुभएको छ । पार्टीको सङ्गठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताले शिर काटेर टेवलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताउनुभएको […]

कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक

विराटनगर १८ जेठ । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । दोश्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए […]

कोशी प्रदेश आम सञ्चार सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन गर्छौ : मन्त्री पराजुली

विराटनगर १८ जेठ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि आम सञ्चार सम्बन्धी ऐन ल्याएको र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसंग आवद्ध भई क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भयो […]