आज दशैंको फूलपाती भित्राइँदै

विराटनगर १३ असोज । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]

झुम्का कारागारबाट फरार ५० जना कैदी धरानबाट पक्राउ

विराटनगर १२ असोज । भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताउनुभयो । पक्राउ पर्नेमा धरान–१५ का […]

जिल्ला प्रशासन कार्यालयलाई व्यापार संघद्वारा गाडी सहयोग

विराटनगर १२ असोज । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा भदौं २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सवारी साधन र अन्य सामग्री जलेर ध्वस्त भएको थियो । कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ […]

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

विराटनगर १२ असोज । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक विजय हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन […]

मोरङको रंगेलीमा प्रदेश स्तरिय फुलपाती बढाइँका लागि तयारी तिव्र

विराटनगर ११ असोज । मोरङको रंगेली स्थित सन्सारीमाईको मन्दिरमा विजयादशमीको सप्तमीका दिन कोशी प्रदेश स्तरिय फुलपाती बढाइँ हुने भएको छ । कोशी प्रदेश सरकारकाले सो मन्दिरमा प्रदेश स्तरिय फुलपाती बढाइँ गर्ने निर्णयपछि विगत ५ वर्षदेखि मन्दिरमा फुलपाती वढाई हुदै आएको छ । यसवर्ष पनि फुलपाती बढाइँका लागि तयारी तीव्र पारिएको सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]