विराटनगर ७ चैत । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म ८ अर्ब ५९ करोड ३९ लाखभन्दा बढी खर्चिएको छ ।
प्रदेश सरकारले यो वर्ष चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगत १७ अर्ब १४ करोड र वित्तीय १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय कोशीले जनाएको छ । यसमध्ये चालु वर्षको ८ महिनामा चालुतर्फ ५ अर्ब ७० करोड ७३ लाख ८६ हजार र पुँजीगततर्फ २ अर्ब ८८ करोड ६५ लाख २२ हजार गरी कुल ८ अर्ब ५९ करोडभन्दा बढी खर्च भएको हो ।
यसमध्ये चालु वर्षको ८ महिनामा चालुतर्फ ५ अर्ब ७० करोड ७३ लाख ८६ हजार र पुँजीगततर्फ २ अर्ब ८८ करोड ६५ लाख २२ हजार गरी कुल ८ अर्ब ५९ करोडभन्दा बढी खर्च भएको हो ।आर्थिक मामिला तथा योजना मन्त्रालयले चालुतर्फ ९ करोड ७९ हजार र पुँजीगततर्फ २८ लाख ४९ हजारभन्दा बढी रकम खर्च गरिसकेको छ । त्यस्तै प्रदेश व्यवस्थापिकाले चालु ९६ करोड ९३ लाख र पुँजीगततर्फ १९ लाख ६८ हजार गरी कुल ९ करोड ८९ लाखभन्दा बढी खर्च गरिसकेको छ ।
प्रदेश लोक सेवा आयोगले चालुतर्फ ५ करोड ४३ लाखभन्दा बढी र पुँजीगतमा ९ लाख ६४ हजार गरी ५ करोड ५२ लाखभन्दा बढी, मुख्य न्यायाधिवक्ताको कार्यालयले चालु १ करोड ३८ हजार र पुँजीगतमा १ लाख २१ हजार गरी १ करोड ५० हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालुमा १० करोड ५२ लाखभन्दा बढी र पुँजीगततर्फ ६८ लाख ३२ हजार गरी कुल १० करोड ७३ लाख ५९ हजार खर्चिएको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ ४८ करोड ९३ लाख र पुँजीगतमा ३ करोड ५४ लाख गरी कुल ५२ करोड ४८ लाख खर्चिएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले चालुतर्फ २४ करोड ५९ लाख र पुँजीगततर्फ ९० करोड २९ लाख गरी कुल १ अर्ब १४ करोड ८९ लाख खर्चिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालुमा १८ करोड ९१ लाख र पुँजीगतमा २ करोड २० लाख गरी कुल २० करोड २९ लाख खर्चिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुमा ६४ करोड ८५ लाख र पुँजीगतमा १५ करोड ७६ लाख गरी कुल ८० करोड ६१ लाख खर्चिएको छ ।