विराटनगर ४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् । निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पनि निर्वाचन आचारसंहिताको व्यवस्थाले आमसभा, कोणसभा तथा जुलुस प्रतिबन्धित थिए । सामूहिक घरदैलोलगायतका कार्यलाई पनि निर्वाचन आचारसंहिताले बन्देज गरेको थियो । आचारसंहिताको व्यवस्थाका कारण […]
विराटनगर ३ फागुन । मोरङ क्षेत्र नं. ६ का नेकपा एमालेका उम्मेदवार विनोद ढकालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । पितृशोकमा रहनु भएका ढकालको निवासमा क्षेत्र नं. ६ का चुनावी कमाण्डर लालबाबु पण्डित, एमाले निर्वतमान उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज ऋषिकेश पोखरेल लगायतका नेताहरुको उपस्थितिमा […]
विराटनगर ३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ। आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भएपनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार मात्र गरिएको बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ जारी […]
विराटनगर ३ फागुन । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख […]
विराटनगर २ फागुन । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनुभएको हो […]