सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

विराटनगर १४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन् । बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ । बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्नेछन् ।

सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने ती पदाधिकारीले जानकारी दिए ।