विराटनगर ८ फागुन । पछिल्लो समय होटलहरुको फोहोर व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ । होटलको फोहोर व्यवस्थापन, सरसफाई र कामदारहरुको व्यक्तिगत सरसफाई चुनौतिपूर्ण हुँदै गएको अनुगमनका क्रममा पाईएको छ । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटल रेस्टुरेन्टहरुको अनुगमनका क्रममा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको कार्यालयका खाध्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । खाध्य प्रविधि […]
विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको […]
विराटनगर ७ फागुन । सौन्दर्यकर्मीहरुको लेभल–२ (तह दुई ) को परीक्षामा मिलेमतो भएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी यूनियन विराटनगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यूनियनले फागुन ३ देखि ९ गते सम्म हुने परीक्षा छानवीन गरि आवस्यक कारवाहीका लागि माग गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सौन्दर्यकर्मी यूनियनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम […]
विराटनगर ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, […]
विराटनगर ५ फागुन । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मापदण्ड पुरा गरेसंगै उत्कृष्ठ कार्य गरेकालाई चयन गरि प्रदेश सरकारले पुरस्कृत गर्न लागिएको हो । प्रदेश सरकारले चादीको सिक्कासहित स्वंयसेविकालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गरि सम्मान गर्ने तयारी […]