आजदेखि नयाँ बर्ष २०८१ शुरु

विराटनगर १ वैशाख । आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन । नयाँ वर्ष २०८१ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ […]

सरकार फेरिए पिच्छे नाम फेरिने अस्पताल, उद्घाटनमै लाखौं गुम्यो

चीना थापा कोभिड १९ को महामारी फैलिएपछि तत्कालीन सरकारले २०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताललाई कोभिड–१९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याएको थियो ।उक्त समयमा जीवन घिमिरे सामाजिक विकास मन्त्री थिए । स्वास्थ्य क्षेत्र सामाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो । कोरोना महामारीको बेला प्रदेश सरकारले करोडौं […]

कोशी प्रदेश :३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव

विराटनगर २९ चैत । कोशी प्रदेशमा ३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव छ । स्वास्थ्य जनशक्ति अभावका कारण स्वास्थ्यको कार्यसम्पादनमा समस्या देखिएको छ । आ.व. २०८०–८१ स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले करिव ६० प्रतिशत जनशक्तिले कोशी प्रदेशको स्वास्थ्य क्षेत्र सम्हालिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्बेद […]

संसदको गतिरोध अन्त्यका लागि दलहरुसँग निरन्तर छलफल : प्रधानमन्त्री दाहाल

विराटनगर २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)ले संसदको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुबीचमा लगातार छलफल भैरहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त विस्तारित वैठकमा भाग लिन आज विराटनगरमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नु भयो – ‘संसद गतिरोध अन्त्यका लागि लगातार सभामुख […]

सुहाङ्गलाई विजयी गराउन एमाले र माओवादी केन्द्रको आग्रह

विराटनगर २८ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आगामी बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङग नेम्वाङ्गलाई विजयी गराउन सबैसँग आग्रह गरिएको छ । एमाले र माओवादी प्रदेश कमिटीद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले […]