विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी […]
विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो […]
विराटनगर १३ फागुन । मानव बेचविखनमा दलालहरुले नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या भएको पाईएको छ । दलालले सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरले जनाएको हो । आज पत्रकार सम्मेलन गर्दै माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले मानव बेचविखन नियन्त्रणको काम गर्ने क्रममा दलालहरुले सीमा सम्म अभिभावकको प्रयोग गर्ने गरेको पाईएको […]
विराटनगर १३ फागुन । कोशी प्रदेशमा आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिदै छ । आजदेखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रदेश स्तरिय अभियानको शुभारम्भ विराटनगर रानी स्थित जनविकास माविबाट […]
विराटनगर १२ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताउनु भएकोछ । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो,‘ यो नेपाली कांग्रेसलाई सोध्नुस् ।’ प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग […]