विराटनगर १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गर्नु भएको हो । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ । यो सँगै प्रतिनिधिसभामा […]
विराटनगर १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन […]
विराटनगर १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ […]
विराटनगर १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको ४३ औं प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सपथ गराउने कार्यक्रम छ । शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट […]
विराटनगर १२ चैत । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार […]