गाँजा खेतीलाई वैधानिक बनाउने राजेन्द्र राईको मुख्य चुनावी एजेन्डा

विराटनगर १४ माघ । नेकपा (एमाले) का तर्फबाट धनकुटाका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा खेतीको वैधानिकतालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनु भएको छ । आज धनकुटामा पत्रकार सम्मेलन गरी उनले सार्वजनिक गरेको १४ बुँदे प्रतिबद्धता पत्रमा गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनु भएको छ । पूर्वमन्त्री समेत रहेका राईले गाँजा […]

पूर्वाञ्चल विश्वविद्यालयले अन्तरराष्ट्रिय सम्मेलन गर्ने

विराटनगर १२ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोश्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन ( पियु आईकन) गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन आगामी माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, […]

प्रचारप्रसारमा बालबालिका प्रयोगको आरोपमा हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

विराटनगर १२ माघ । सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रचारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो । उहाँविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । उजुरीमा बालबालिका ऐन, २०७५ को […]

विनोद ढकाललाई जिताउन लालबाबु पण्डितको नेतृत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

विराटनगर १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि मोरङ क्षेत्र नं. ६ मा एमालेले नेता तथा सोही क्षेत्रका पूर्व सांसद लालबाबु पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटीमा क्षेत्र नं. ६ को भूगोलमा रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी, […]

धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट- २०२६’ हुने

विराटनगर ११ माघ । कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरू (महिला, पुरुष, भेट्रान)को सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले संघले […]