भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट्नु भएको छ । उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य […]
विराटनगर १२ फागुन । अर्किड कलेज विराटनगरले एक सय बढी विद्यार्थीलाई नगद सहित सम्मानित गरेको छ । कलेज परिसरमा आज आयोजित विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा ११ र १२ को आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने, आन्तरिक तथा बाह्य खेलकुद प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरु, बक्तृत्वकला, हाजिरीजवाफ, म्याराथन लगायतका प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने […]
विराटनगर ११ फागुन । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ । कार्यालयले गौतमविरुद्व मुद्दा दायर गर्ने आधार र कारण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णय सदरमा लागि उच्च सरकारी वकील कार्यालय पाटनमा पठाएको […]
विराटनगर ११ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटपछि पुनः शल्यक्रियाको तयारीमा रहनु भएको छ । पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ । भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा हालिएको ग्राफ्ट तथा एमसिएल दुवैमा गम्भीर चोट लागेको छ, जसका कारण जटिल […]
विराटनगर ११ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको हो […]