सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा भूकम्प

विराटनगर १५ फागुन । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना […]

मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका सनम तामाङको उपचारका क्रममा मृत्यु

विराटनगर १४ । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना […]

विराटनगरमा मोर्डन एराका विद्यार्थीद्वारा ‘बाटो बिराएको बादल’ नाटक मञ्चन

विराटनगर १३ फागुन । विराटनगरस्थित मोर्डन एरा स्कुलका विद्यार्थीहरूले ‘बाटो बिराएको बादल’ नामक नाटक मञ्चन गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र दिवस न्यौपानेले निर्देशन गरेको उक्त नाटक बुधबार विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन गरिएको हो । बुधबार दिउँसो १२ बजे पहिलो शो प्रदर्शन गरिएको थियो । विद्यालयका प्रिन्सिपल इन्द्रकुमार राईका अनुसार नाटकका दुईवटा […]

१७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्डको उपाधि राष्ट्र निर्माणलाई

सिजुवा १२ फागुन । १७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राष्ट्रनिर्माण बोर्डिङ इटहराले जितेको छ । रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा फागुन १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तीन दिवसीय प्रतियोतिताको उपाधि २३ पदकसहित राष्ट्र निर्माणले जितेको छ । रतुवामाई नगरपालिकाभित्रका २१ ओटा विद्यालयलाई पछि पार्दै ९ स्वर्ण, ७ रजत र ७ […]

भोजपुरका एमाले उम्मेदवार शेरधन राइको प्रतिबद्धता पत्र सार्वजनिक

भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट्नु भएको छ । उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य […]