विराटनगर १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कोशी प्रदेशका सवै वडास्तरमा विरोध प्रर्दशन गरिने भएको छ ।
वडास्तरमा आगामी वैशाख ३ गते र स्थानीय तह स्तरमा चैत २८ गते विरोध प्रर्दशन तथा भेलाको कार्यक्रम तयारी गर्न एमाले प्रदेश कमिटीले १४ वटै जिल्ला कमिटीहरुलाई परिपत्र गरेको छ ।
चैत २३ देखि २५ गते सम्ममा जिल्ला कमिटीहरुलाई अगुवा कार्यकर्ता भेला आयोजना गर्न परिपत्र गरिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्तमान परिस्थितिका सम्वन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेशासंग सम्वन्धित संघ÷संगठनहरुसंग जिल्ला स्तरमा सम्वाद तथा अन्तरक्रिया कार्यक्रमलाई प्रभावकारी बनाउन भनिएको छ ।
एमाले केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुशार बैशाख ७ गते प्रदेश राजधानी विराटनगरमो विरोध प्रर्दशन गरिने छ । वैशाख १२ गते राजधानी केन्द्रीत काठमाण्डौमा हुने विरोध प्रर्दशनमा जिल्ला–जिल्लाबाट व्यापक सहभागिताको लागि ठोस योजना बनाउन जिल्ला कमिटीहरुलाई परिपत्र गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
आगामी वैशाख ९ गते (अप्रिल २२) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तरक्रिया, सम्वाद, विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रम सहित भव्य रुपले मनाउन निर्देशन दिईएको छ ।