माेरङ सुन्दरहरैचाका १२ उत्कृष्ट ढुकुर जाेडी सम्मानित

सुन्दरहरैचा २९ असार । माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ । नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे । आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्रत्येक वडाबाट १/१ जाेडी गरि १२ जाेडीलाई उत्कट दम्पती घाेषणाा गरि आइतबार नगरपालिकाले नगद १०/१० हजारका दरले सम्मानित गरेकाे हाे । […]

पार्टीलाई सही मार्गमा डोर्याउन सकारात्मक आलोचनाको आवश्यकता : घिमिरे

विराटनगर २८ असार ।  नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पत्रकारहरूले सकारात्मक आलोचना मार्फत पार्टीलाई सही बाटोमा हिँडाउन प्रेरित गर्नुपर्ने बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल, मोरङ समितिद्वारा आयोजित पार्टीसँगको अन्तरक्रिया कार्यक्रममा घिमिरेले पत्रकारिता केवल राजनीतिक दृष्टिकोणबाट मात्र नभई फराकिलो दृष्टिले गर्नुपर्नेमा जोड दिए । उनले पार्टी र प्रेस चौतारीबीचको सम्बन्धको […]

जनार्दन  मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार कोइरालालाई

विराटनगर २८ असार ।  प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई प्रदान गर्ने भएको छ । विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको […]

सञ्चारकर्मी सहकारीद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर २७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा आज चार सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । संस्थाले १० हजार राशीको मीनादेवी श्रेष्ठ(रासस) महिला प्रोत्साहन पुरकार निशा दाहाल, २१ हजार राशीको मेम्वर चन्द्रलाल – दुर्गादेवी दाहाल संचार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठ, ५१ हजार राशीको ओमप्रकास गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु […]

विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

विराटनगर २४ असार । दलहन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा […]