नेपाल युवा उद्यमी मञ्च विराटनगर र प्रजिअवीच छलफल

विराटनगर १६ असार । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नवनिर्वाचित टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग परिचयतात्मक कार्यक्रम गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा पूर्वअध्यक्ष सृजन प्याकुरेल र वर्तमान कार्यसमिति सहितको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग भेटवार्ता एवम् परिचयात्मक कार्यक्रम गरेको हो । सो अवसरमा प्रमुख […]

नेपाल युवा उद्यमी मञ्च विराटनगरद्धारा नेपालको व्यापारिक परिदृश्य, अवसर र सावधानिबारे छलफल

विराटनगर १४ असार । नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले लर्निङ सेसन कार्यक्रमको आयोजना गरेको छ । विराटनगरमा शुक्रबार साँझ सम्पन्न कार्यक्रममा नेपालको व्यापारिक परिदृश्य, अवसर र सावधानिहरुका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सुरज तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले वर्तमान अवस्थामा नेपालमा देखिएको व्यापार […]

कोशी प्रदेश आम सञ्चार विधेयकको ६२ वटा बुँदामा संशोधन गर्न सुझाव 

विराटनगर १३ असार । कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकको ६२ वटा बुँदामा संशोधनका लागि सुझाव दिइएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले युएनडिपीसँग सहयोगमा संसद् सहयोग परियोजना अन्र्तगत आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन ।  कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार तथा सम्बन्धित विषयगत समितिका […]

वैदेशिक रोजगारबाट फर्केकाको शिपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मन्त्री राई

विराटनगर १२ असार । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको शिप,पूँजी र प्रविधिलाई राष्ट्रको हितमा प्रयोग गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक, आर्थिक र शिपलाई उद्यमी बनाउने […]

राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशद्धारा प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा

विराटनगर ९ असार । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अपाङ्गता पुर्नस्थापना कार्यक्रमका लागि अतिन्युन वजेट विनियोजन गरेको भन्दै राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले मंगलबार देखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । आन्दोलनको कार्यक्रम […]