विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ […]
विराटनगर १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्याउने बताउनु भएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आजसम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई […]
सुनसरी १३ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ । यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस […]
विराटनगर १२ भदौ । कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा श्रमबजार सूचना प्रणाली शुरु भएको छ । रोजगारीको खोजी गरिरहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारेको श्रम बजार सूचना प्रणाली कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा सञ्चालनमा आएको हो । श्रम बजार सूचना स्थानीय तहमा सञ्चालनमा आएपछि कोशी प्रदेशका रोजगार सेवा केन्द्रहरुलाई […]
विराटनगर १२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पुर्याउनेतर्फ लाग्ने बताउनु भएको छ । प्रदेश खेलकुद विकास वोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाण्डौमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी महिला टीमलाई आज यहाँ आयोजित विदाई एवं शुभकामना कार्यक्रममा खेलाडीहरुलाई खेदकुद सामाग्री एवं […]