विराटनगर ११ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा(माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा दिनु भएको छ । मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन ,वन तथा वातावरण […]
विराटनगर ११ साउन । लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा विहीबार साँझ निधन भएको छ । झापा विर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा निधन भएको परिवार स्रोतले जनाएको छ । वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । […]
विराटनगर १० साउन । मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्ग सञ्चालनमा देखिएका समस्या र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा सो क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य घनस्याम खतिवडाको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाको […]
विराटनगर ९ साउन । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ । उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित […]
विराटनगर ९ साउन । मोरङको सुनबर्सी नगरपालिका १ केचनामा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ । भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भाडा घरमा रहेको चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील […]