एवीसी नेपाल प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित

विराटनगर ११ वैशाख । कोशी प्रदेशका तीन जिल्लामा भएका महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित भएका छन् । एवीसी नेपालले स्वीस सरकार र नर्वेजियन राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा मोरङ, उदयपुर र ओखलढुङ्गामा सञ्चालित लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत जुलाइ २०२१ देखी डिसेम्वर […]

एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको […]

पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न सामाजिक विकास मन्त्री राजभण्डारीको आग्रह

विराटनगर ९ वैशाख । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले पहिचानवादीलाई विरोधको कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गर्नुभएको छ । कोशी प्रदेश नामकरणपछि पहिचानबादीले शुरु गरेको आन्दोलनप्रति लक्षित गर्दै मन्त्री राजभण्डारीले सो कुरा बताउनु भएको हो । बबरसिंह–देवकुमारी थापा सेवा गुठी विराटनगरले आज आयोजना गरेको स्रष्टाहरुलाई सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री राजभण्डारीले भन्नुभयो,‘ हाम्रो प्रदेशमा […]

समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन

बिर्तामोड ४ बैशाख । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै आईतबार अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद […]

सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा समस्या : सामाजिक विकास मन्त्री राजभण्डारी

विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा सवालमा कार्य गर्न नसकेको बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकारका सवालमा प्रदेशस्तरीय छलफल कार्यक्रममा सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा संविधानले शिक्षाका विषयमा परिकल्पना […]