८९ वर्षीय अधिकारीका तीनवटा पुस्तकको विमोचन

विराटनगर १३ भदौ । विराटनगर १ पोखरियाका पंं. भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको आज विमोचन गरिएको छ । ८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो । श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं. अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुराँगाईले गर्नु भएको थियो । तीनवटै पुस्तकको लेखक […]

राधाकृष्ण रथयात्रा कोशी प्रदेशको पहिचान : मुख्यमन्त्री कार्की

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ । भगवान राधाकृष्ण रथयात्राको आज अपरान्ह शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले भन्नु भयो , ‘ रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकोमा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई […]

राधाकृष्ण रथयात्राले नगरपरिक्रमा गर्दै, मुख्यमन्त्री कार्कीद्धारा शुभारम्भ

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको शुभारम्भ गर्नु भएको छ । राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको राधाकृष्ण रथयात्राको आज दिउँसो शुभारम्भ गर्नु भएको थियो । मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला […]

पत्रकार महासंघ मोरङको तिज कार्यक्रम

विराटनगर ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आज दर खुवाउने कार्यक्रम गरेको छ । पत्रकार महासंघ मोरङले हरेक वर्ष तिज कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मोरङका पत्रिका, रेडियो, टिभी, अनलाईनमा क्रियाशिल महिला पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यवहाक अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका […]

मानव बेचविखनमा सामाजिक सञ्जालको प्रयोग बढ्दो

विराटनगर ७ भदौ । दलालहरुले सामाजिक सञ्जालको प्रयोग गरि मानव बेचविखन गर्ने गरेको पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो मात्रामा देखिएको माईती नेपालले गरेको अध्ययनका क्रममा पाईएको हो । सामाजिक सञ्जालको प्रयोग गरि रोजगारी, मायाजाल, नेटवर्कीङ विजनेसका नाममा मानव बेचविखन भईरहेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी […]