उर्लाबारीका विद्यालयमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रम

उर्लाबारी १६ फागुन । मोरङको उर्लाबारीमा रहेका विद्यालयहरुमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाइएको छ । नेपाल स्काउटको आयोजनामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेको हो । पहिलो चरणमा राधिका, अरनिको र सुनपकुवा माविमा कार्यक्रम सम्पन्न गरिएको छ । निजी विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी छ । […]

वीरेन्द्र मावि ग्रामथानका विद्यार्थीलाई कपडा वितरण

विराटनगर १४ फागुन । मोरङ ग्रामथान १ को वीरेन्द्र माविका विद्यार्थीलाई कपडा वितरण गरिएको छ । पूर्वविद्यार्थी समाज र ग्रामथान गाउँपालिका कार्यालय १ को सहकार्यमा र विराटनगर निवासी अनिता दुगड, सनराईज सिटि होम लेडिज, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक तथा सामग्री सहयोगमा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको हो । सरकारी विद्यालय प्रतिको […]

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्धारा मुठ्ठी दान शुरु

विराटनगर १३ फागुन । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले पूर्णिमाको अवसर पारेर शनिबार विराटनगरमा महानगरपालिका वडा नं ४ खार्जी कोहबरामा रहेकी बिन्ध्यावासिनी दूर्गा मन्दिरमा मुठ्ठी दान गरेको छ । शनिबारको मुठ्ठी दान कार्यक्रम कोशी प्रदेश सांसाद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो । दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको […]

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको […]

साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

काठमाडौँ ६ फागुन । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृतिको लोकार्पण गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन […]