विराटनगर ३ माघ । जनसंख्याविद् तथा जनसंख्या विश्लेषकहरूले निजामती सेवामा अवकाश उमेर बढाउन सुझाव दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो कानुनी व्यवस्थाका लागि आग्रह गरेका हुन् । नेपालीहरूको औसत आयु बढेको कारण र छिटो अवकाश दिादा राज्यलाई भार पर्ने लगायतका आधारमा समेत कर्मचारीको अवकाश उमेर बढाउन उपयुक्त हुने […]
ढविराटनगर २ माघ । काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले […]
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७, ९ , १४ र १५ वडामा आयोजक कमिटी […]
विराटनगर १ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तराई हिमाल, पहाड र […]
विराटनगर २७ पुस । विराटनगरमा हुने प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको तयारी शुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ आगामी फागुन २५–२७ सम्म हुने राष्ट्रिय महाधिवेशन तयारीका लागि शुक्रबार विराटनगरमा तयारी बैठक गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको […]