विराटनगर २ असार । हाम्रो क्लव विराटनगरले आज खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेको छ । हाम्रो क्लव विराटनगरले वडा कार्यालय विराटनगर ५ को आर्थिक सहयोगमा भेट्रान खेलाडी तथा बाल क्लवका पदाधिकारीहरुलाई खेल सामग्री वितरण गरेको क्लवका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयको १ लाख आर्थिक सहयोगमा खेल सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा […]
विराटनगर १ असार । मानव अधिकार सञ्जाल मोरङको संयोजकमा विनोद पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । मानव अधिकारकर्मीहरूको विहिबार विराटनगरमा भएको भेलाले माइती नेपाल विराटनगरका संयोजक समेत रहनु भएका पोखरेललाई संयोजकमा निर्वाचित गरेको हो । भेलाले सहसंयोजकमा बाग्मता कट्टेललाई चयन गरेको छ । कट्टेल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यक्रम अधिकृत हुनुहुन्छ […]
विराटनगर, २० जेठ । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले महिला तथा बालबालिकाका विषय कम प्राथमिकतामा पर्ने गरेको बताउनु भएको छ । नीति निर्माताको ध्यान विकास निर्माणमा मात्र पर्ने गरेको उहाँले गुनासो गर्नुभयो । प्लान नेपाल इन्टरनेशनल र संसदीय पत्रकार मञ्च कोशी प्रदेशसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको कोशी […]
विराटनगर १६ जेठ । समाजको भ्रष्टाचारमुखी मानसिकताले नेपालमा भ्रष्टाचार मौलाइरहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । सोमबार विराटनगरमा साझा सवालका लागि साझा मञ्च कोकनले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको अनियन्त्रित भ्रष्टाचार गणतन्त्रको मुख्य चुनौति विषयक अन्तरसम्बाद कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् । कार्यक्रममा राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेलले समाजको भ्रष्टाचार मुखि मानसिकताले भ्रष्टाचार गर्न प्रेरित […]
विराटनगर १३ जेठ । सुनसरीको गढी गाउँपालिकाको वडा नंं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई बालविवाह मुक्त वडा घोषणा गर्नु भएको थियो । प्रतिनिधिसभा सदस्य चौधरीले कानुनी रुपमा बालविवाह अपराध भएको बताउनुभयो । बालबालिकालाई सानैमा विवाह गरिदिने भन्दा पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि शिक्षामा जोड […]