मोरङ ५ बाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

विराटनगर १२ मंसिर । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत हुने प्रतिनिधिहरुमा खुल्लामा ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडिया, महिलामा उषा झा र शान्ता डंगोल, यूवामा मो. हमिद आजाद रहनु भएको छ । सर्वसम्मत हुनेहरुमा बगडिया, डंगोल संस्थापन र राजवंशी, अग्रवाल, झा […]

निश्पक्ष निर्वाचनका लागि शान्ति सुरक्षा सुदृढ हुनु आवश्यक : उपसभापति गुरुङ

विराटनगर ११ मंसिर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकारले स्वतन्त्र एवं निश्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदुढ गर्नुपर्ने बताउनु भएको छ । नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको दुई दिने आठौँ केन्द्रीय परिषद भेलाको आज विराटनगरमा उद्घाटन गर्दै दलहरुलाई कुनै अवरोध विना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवं शान्तिपूर्ण रुपमा […]

दल दर्ताको समय ४ दिन थप

विराटनगर ९ मंसिर । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको समय थप गरेको छ । आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । यसअघि बुधबारसम्मको लागि दल दर्ताको समय तोकिएको थियो । बुधबारसम्ममा १९ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै निर्वाचन प्रयोजनका लागि […]

एमालेले सर्वाेच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता, १७ गते पेशी

विराटनगर ९ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्ताैला र सुनिता बरालले हिजो (मंगलबार) सर्वाेच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त निवेदन दर्ता भएको सर्वाेच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी […]

विद्यार्थी परिषदद्वारा सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान थालनी

विराटनगर १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान–२०८२ सार्वजनिक गरेको छ । ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सुरु गर्न लागिएको अभियान देशव्यापी हुने जनाइएको छ । परिषद्ले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै युवामाझ सकारात्मक सोच, जिम्मेवारीबोध र देशप्रतिको दायित्व चेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको जनाएको  छ । […]