मोरङमा ८८८ वटा मतदान केन्द्र कायम

विराटनगर २५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा ८ सय ८८ मतदान केन्द्र कायम गरिएको छ । ६ वटा निर्वाचन क्षेत्रका लागि ३०६ मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिनुभयो । मोरङमा नयाँ मतदाताको संख्या ४१ हजार दुईसय ९५ छ । मोरङमा ३ […]

विराटनगर महानगरद्धारा २० प्रतिशत बजेट कटौती

विराटनगर २४ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । जेनजी […]

स्थानीय र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने समन्वय परिषद्काे निर्णय

विराटनगर २४ पुस । कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेशका स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय गरेको छ। प्रदेश र स्थानीय तहमा कानुनी र व्यवहारिक रुपमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि केन्द्र सरकार आग्रह गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय गरेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश समन्वय […]

नेकपाका उम्मेदवार नआएपछि राष्ट्रिय सभा सदस्यमा सुनील थापा निर्विरोध

विराटनगर २३ पुस । एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । ‘एक जनाको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध हुनु भएको छ,’ निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले भन्नुभयो,‘प्रक्रिया पूरा गरेर केही समयपछि आधिकारिक घोषणा गर्छाै ।’ नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा […]

काेशी प्रदेशका नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण

विराटनगर २२ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा प्रदेशको मन्त्रिपरिषद हेरफेर गर्नुका साथै आज साँझ सपथ ग्रहण गराउनु भएको छ। प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ बैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन […]