विराटनगर ४ साउन । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी मोरङको बैठकले थपलियालाई १५ हजार ५ सय राशीको पत्रकारिता पुरस्कार दिने निर्णय भएको सचिव नवराज भट्टराईले जानकारी दिनुभयो ।
प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत समेत रहनु भएका थपलिया विराटनगरबाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइन समाचार पोर्टलका सम्पादक हुनुहुन्छ ।
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपेन नेउपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सीना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी, सुदीप कोइराला लगायग पुरस्कृत भईसक्नु भएको छ ।