कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य

विराटनगर २६ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ५८ जना महिला सहित ४९४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार ताप्लेजुङ, […]

कोशी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि शुरु

विराटनगर २५ माघ । कोशी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक विराटनगर स्थित बीरेन्द्र सभागृहमा आजदेखि शुरु भएको छ । सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङ्गवाट प्राप्त अधिवेशन आव्हान सम्वन्धी पत्र एवं प्रदेश मन्त्रीपरिषद गठन सम्बन्धी पत्रहरुको व्यवहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो । सभामुख बिष्टले प्रदेश सभाको सदस्यको स्थान […]

संविधान अनुसार सरकारहरु चल्न सकेनन् : मुख्यमन्त्री कार्की

विराटनगर २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो अनुरूप नभएको बताउनुभएको छ । आज विराटनगरमा प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर कतिपय विषय संघीय सरकारमा पठाउँदा पनि काम समस्या समाधान […]

निर्वाचन जितेर गएपछि एक ट्रक गिट्टी पनि नहाल्नेलाई किन भोट दिने ? नेता पण्डित

विराटनगर २४ माघ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले निर्वाचन जितेर गएपछि एक ट्रक गिट्टी पनि नहाल्ने व्यक्तिलाई भोट नदिन आग्रह गर्नु भएको  छ । निर्वाचन क्षेत्रका जनताप्रति उत्तरदायी हुन नसक्नेलाई पटक–पटक जिताउन आवस्यक नभएको उहाँको भनाई छ । नेपाल बौद्धिक परिषद् क्षेत्रीय निर्वाचन समिति मोरङ क्षेत्र नं. ६ ले आज विराटनगरमा आयोजना […]

बाल संसारमा विज्ञान प्रदर्शनी

विराटनगर २४ माघ । विराटनगर ५ को बालसंसार इङ्लिस स्कुलले एक दिने विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । स्कुलले हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आईरहेको छ । विद्यार्थीमा रहेका कला र सिर्जना प्रस्तुत गर्ने उद्देश्यले नियमित रुपमा प्रदर्शनी कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । स्कुलमा अध्ययनरत सवै विद्यार्थीको सहभागितामा प्रदर्शनी कार्यक्रम […]