रसुवा बाढीपीडितकालागि स्वस्तिका ट्रान्सपोर्टद्वारा दुईलाख ५५ हजार पाँचसय ५५ सहयोग

विराटनगर, १५ भदाै । भाेटेकाेशी बाढीबाट पीडितको राहत तथा उद्धार कार्यमा सहयोग स्वरूप स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि. विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुईलाख ५५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।

स्वस्तिका ट्रान्सपोर्ट र यसका संस्थापक स्वर्गीय कृष्णप्रसाद सिग्देलको नाममा स्थापित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले संयुक्त रूपमा उक्त सहयोग रकम एभरेष्ट बैंकको कन्चनवारी शाखामा जम्मा गराएको कम्पनीकी अध्यक्ष सीता सिग्देलले जानकारी दिनुभयो ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहको पीडामा साथ दिने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको सिग्देलली बताउनुभयो ।

विपद्को कठिन घडीमा रसुवा बाढीपीडितकालागि प्रदान गरिएको यो सहयोगले प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माण कार्यमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि. र कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले यसअघि पनि विभिन्न सामाजिक, मानवीय तथा परोपकारी गतिविधिमार्फत समाजसेवामा योगदान गर्दै आएका  छन् ।