विराटनगर, १ वैशाख । भुमि सुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६१ करोड ९० लाख राजश्व संकलन गरेको छ । जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्वारा आयोजित लिखत पारितको शत वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार विराटनगरमा आयोजित अन्तरक्रियामा कार्यालय प्रमुख लोकबहादुर भण्डारीले गत वर्ष रु एक अर्व २४ करोड भएको तर चालु वर्षमा कोभिड महामारी, […]
विराटनगर, ३० चैत । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी […]
विराटनगर, २९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० […]
काठमाण्डौ, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्री शर्माले भर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो बताउनुभयो । गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उहाँले बताउनुभयो ।राष्ट्र […]
विराटनगर, २८ चैत । मुलुकले आर्थिक संंकट बेहोरिरहेको बेला नियमनकारी निकाय तथा नीति निर्माण तहका नेतृत्वको समन्वय अभावप्रति उद्योग संंगठन मोरङले चिन्ता व्यक्त गरेको छ । मुलुक आर्थिक सकटको अवस्थामा गुज्रिरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मुख्य संस्थाहरुबीच नै समन्वय अभाव […]