विराटनगर, २७ चैत । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुईजनालाई सम्मान गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहनु भएका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो । उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र […]
विराटनगर, २७ चैत । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन । राजधानीमा पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेका हुन । गठबन्धनको सरकारले समयानुकुल आर्थिक अवस्थालाई पहिचान गरी बजेट तथा मौद्रिक नीति नल्याउँदा अहिले आर्थिक संकट आइपरेको उनीहरुको आरोप छ […]
इलाम, २६ चैत । इलाममा चियाको पहिलो टिपाई सुरु भएको छ । पहिलो टिपाईलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाई अन्य सिजनको भन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाई सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको […]
विराटनगर, २६ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेप्युटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन । गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने […]
विराटनगर, २४ चैत । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताउनु भएको छ । प्रवक्ता भट्टले शोधनान्तर घाटा बढ्दो रहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी हुँदै गएकाले केन्द्रीय बैैंकले यस्तो कदम चालेको स्पष्ट पार्नुभयो […]