विराटनगर २० फागुन । मोरङमा भोलि हुने निर्वाचनको सवै तयारी पुरा भएको छ । ८८८ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरि ८९० वटै केन्द्रमा मतदानको सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । मतदान सम्पन्न लगत्तै मतगणनाका लागि पनि तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत गुरुङले बताउनुभयो […]
विराटनगर २० फागुन । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि […]
विराटनगर २० फागुन । फागुन २१ गते भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ । निर्वाचनमा भाग लिएका ६५ […]
विराटनगर २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान […]
विराटनगर १८ माघ । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । चुनावी सभामा हजारौंको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिका कार्यालय अघिको सडकबाट र्याली सहित शुरु भएको अन्तिम चुनावी सभा महेन्द्र चोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको हो । चुनावी सभामा एमाले उपमहासचिव योगेश […]