विराटनगर २३ चैत । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनु भएको छ ।
राउत दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा राउतको प्यानल नै बिजयी भएको छ ।
अध्यक्षका प्रतिष्पर्धी नविन रिजाललाई ८४ मतान्तरले पराजित गर्नुभयो । राउतले १४२ मत प्राप्त गर्नुभयो ।
रिजालले ५८ मत मात्र ल्याउनुभयो । तीन बर्ष अघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
राउतले बस्तुगत तर्फ ११ मत र रिजालले ६ मत पाउनुभयो । त्यसैगरि जिल्ला नगर संघबाट राउतले २४ मत पाउदा रिजालले १३ मत पाउनुभयो ।
एशोसिएट तर्फ राउतले १०७ मत पाउदा रिजालले ३९ मत मात्र पाउनु भएको थियो ।
राजेन्द्र राउतको समूहबाट बिजयी हुनेमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन । एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्क बहादुर श्रेष्ठ, नविन कुमार चौधरी निर्वाचित भएका छन । बस्तुगत तर्फबाट सुवाश आचार्य र दिपक पाण्डे बिजयी भएका छन ।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदानमा सहभागि भएका थिए ।