विराटनगर १५ कात्तिक । नेकपा एमालेले मंसिर १५ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन । एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा […]
विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]
विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। […]
विराटनगर १४ कात्तिक । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभाको सभामुख अम्वरबहादुर विष्टले राजीनामा स्वीकृतका लागि कात्तिक ९ गते प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्नु भएको थियो । प्रदेशप्रमुख खापुङले कात्तिक १६ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत गर्नु भएको बताईएको छ । सर्वाेच्च अदालतले गत प्रदेशसभा सचिव पराजुलीलाई गत […]
विराटनगर १३ कात्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । आयोगले चुनावका लागि करिब ८ अर्ब रुपैयाँ बजेट माग गरेको हो । चुनाव खर्चका लागि आयोगले ७ अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिनुभयो । कार्यवाहक प्रमुख निर्वाचन […]