देशभर २६३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

विराटनगर, २८ साउन । पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ]गत २४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

विराटनगर महानगरद्वारा आवधिक योजनाका लागि विज्ञहरूसित छलफल सुरु

विराटनगर, २८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको […]

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २७ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार २ सय ९० जनाको पीसीआर र २ हजार ४ सय २२ जनाको एन्टीजेन […]

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट भागेका प्रतिवादी पक्राउ

विराटनगर, २७ साउन । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ झटियाईका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरेको हो । आज दिउँसो १ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । शौचालय जाने बहाना बनाएर दास […]

आज रक्षा बन्धन, देशभर मनाईदै

विराटनगर, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) […]