विराटनगरकाे एभरेष्ट कलेजका शतप्रतिशत विद्यार्थी उत्तिर्ण

विराटनगर ५ असार । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

राष्ट्रिय शिक्षा बोर्डले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो ।

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताए।

प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जना ए ल्याएका छन् । यस्तै बी प्लस ल्याएर ९ जना उत्तिर्ण भएका छन् । यसका साथै एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ ।

काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ । समयमा कोर्ष पुरा गर्ने, समयमा परिक्षा लिने र समयमै परिक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको हो ।