नेकपा एमालेले महानगर र उपमहानगरको उम्मेदवार शनिबार टुङ्गो लगाउने

विराटनगर, ८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार वैशाख १० मा टुंगो लगाउने भएको छ । आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार […]

एमालेद्धारा विराटनगर, इटहरी र धरानका प्रमुख, उपप्रमुखको नाम सिफारिस

विराटनगर, ८ वैशाख । नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरे सहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । घिमिरेको उम्मेदवारी प्रतिपक्षी दलका उम्मेदवार अनुसार अघि बढाउन–नवढाउने निर्णय हुने एक नेताले बताए । प्रदेश कमिटीले उनको नाम केन्द्रीय कमिटीलाई रायका रुपमा पठाएको […]

गठबन्धनको सहमति विराटनगर काँग्रेसले नमान्ने

विराटनगर, ८ वैशाख । सत्तारुढ गठबन्धनले सिट फाँडफाँटका लागि लिएको निर्णयको नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ । गठबन्धनको निर्णयप्रति रुष्ट बनेको समितिले विराटनगरमा कुनै पनि दलसँग तालमेल नगरिकन वैशाख ३० गतेको स्थानीय तह चुनावमा एक्लै भिड्ने निर्णय यसअघि नै गरिसकेको छ । आकांक्षीमध्येबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम पनि पार्टी केन्द्रमा […]

धरान उपमहानगरको प्रमुखमा काँग्रेसबाट ९ जना आकांक्षी

विराटनगर, ७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ । नगर प्रमुखमा बहालवाला प्रमुख तिलक राई, प्रदेश महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य श्याम […]

लेटाङ घटना : महिला प्रहरी हत्या घटनामा कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई धरौटीमा छाड्न आदेश

विराटनगर, ६ वैशाख । महिला प्रहरी हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा […]