विराटनगर, १७ भदौ । प्रदेश १ सभाको पहिलो कार्यकालको आज अन्तिम वैठक बसेको छ । नामकरण विनै प्रदेशसभाको कार्यकाल सकिएपछि दलका नेताहरुले दलको हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले काम गर्न नसकेको आम रुपमा आलोचना भईरहेको बताउनुभयो । उहाँले केन्द्रले अधिकार तल दिन कन्जुस्याँई गरेको […]
विराटनगर, १६ भदौ । जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्वर ५ बाट सिफारिस गरेको छ । उम्मेदवार सिफारिस समितिको आज बसेको बैठकले केन्द्रीय अध्यक्ष यादव सहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य […]
विराटनगर, १५ भदौ । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक […]
मनोज दाहालविराटनगर, १५ भदौ । सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पत्र गरेको छ । मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा सो सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो । प्रदेश सरकार स्थापनाको […]
विराटनगर, १४ भदौ । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् । पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ […]