सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा

विराटनगर, १४ मंसिर । सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका–९ छाताबेलीमा झडप भएको छ । ढुंगा लागेर एमाले कार्यकर्ता लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन्। एक्कासि ढुंगामुढा भएपछि केही बेर […]

समानुपातिक तर्फ १ करोड मतगणना, एमालेको अग्रता कायमै

विराटनगर, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी […]

‘निर्वाचनमा सघाउने सबैलाई धन्यवाद’

विराटनगर, ११ मंसिर । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य […]

समानुपातिकमा माओवादीले कटायो १० लाख, एमालेको २४ लाख

विराटनगर, ११ मंसिर । समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ । आइतबार अपरान्ह ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ र नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० […]

मोरङ–२ बाट सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका पोखरेल निर्वाचित, को हुन् पोखरेल ?

विराटनगर, ११ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्रेसकी कोइालाले ३१ हजार ९ […]