सुनसरी ४ को मतगणना रोकियो

विराटनगर १० मंसिर । सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो । सुनसरी ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिन मागसहित सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

विराटनगर, १० मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १९ लाख ६३ हजार मत पाउँदै दोस्रो स्थानमा छ। यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ । माओवादी केन्द्रले ८ लाख ७३ हजार […]

मोरङमा प्रदेशसभातर्फ ६ क्षेत्रको मतगणना सकियो

विराटनगर, ८ मंसिर । प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म ५ वटाको मतगणना सकिएको छ । गणना सकिएकामध्ये ३ वटामा नेपाली कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । घोषणा गर्न बाँकी रहेका क्षेत्रमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । समानुपातिकको गणना सकिएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी […]

प्रदेश १ सरकारले भोलीदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गर्ने

विराटनगर ८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि शुरु हुदैछ । प्रदेश १ सरकारले १६ दिनभरि विविध कार्यक्रम मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईने जानकारी दिएको छ ।प्रदेश सरकार, […]

नौं दिन भित्रमतगणना सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

विराटनगर, ६ मंसिर । निर्वाचन आयोगले करिव नौं दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताउनु भएको हो । उहाँले बाजुरामा भने मानवीय […]