गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी

काठमाडौं १४ जेठ । कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो । चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका […]

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर १३ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउँमा […]

कानुन कार्यान्वयनमा कोशी प्रदेश उपसभामुख दनुवारको जोड

विराटनगर १२ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृतिका कारण मानव अधिकारको उचित सम्बोधन हुन नसकेको बताउनु भएको छ । द लुथरन वल्र्ड फेडेरेशन नेपालको सहयोगमा इन्सेक कोशी प्रदेश कार्यालयले जेठ १२ गते विराटनगरमा आयोजना गरेको मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(यूपीआर) को मध्यावधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया […]

आन्दोलनकारीसँग बार्ता गर्न कोशी प्रदेश कांग्रेस संसदीय दलको माग

विराटनगर ११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन । आज प्रेस विज्ञप्ति जारी गर्दै काग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी […]

अवैधानिक समूहलाई मान्यता दिने कार्य प्रति पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति

विराटनगर ११ जेठ । गैरकानुनी रुपमा गठन गरिएको प्राध्यापक संघलाई मान्यता दिने गरि पूर्वाञ्चल विश्वविद्यालयले गरेको सहमति प्रति आधिकारिक प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले बुधबार उपकुलपति र रजिष्टारलाई ज्ञापन पत्र बुझाउँदै कथित समूहसँग विश्वविद्यालयले मान्यता दिने गरि गरिएको सहमति प्रति खेद व्यक्त गरेको छ । ०७९ असोज ६ गते केही […]