कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर,९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आइतबार दिनको २ वजे आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको यही जेठ ८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम सो आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]

कोशी प्रदेशमा १६ औं गणतन्त्र दिवस भव्य मनाईने

विराटनगर ९ जेठ । कोशी प्रदेश सरकारले १६ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुख्यमन्त्री तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ १४, १५ र १६ गते गरि तीन दिन सम्म दिवस मनाईने निर्णय गरेको हो । गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते […]

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान

विराटनगर ८ जेठ । कोशी प्रदेशसभाको दोश्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आह्वान गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको मुख्यमन्त्रीको सचिवालयले […]

धरानको खानेपानीको समस्याको दीर्घकालिन समाधान गरिने

विराटनगर, ८ जेठ । कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो लिम्वुले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान आगामी नीति तथा कार्यक्रममा मार्फत गरिने बताउनु भयो । मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्र्याैदा सम्बन्धी छलफल कार्यक्रममा उहाँले त्यस क्षेत्रको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान बजेटमार्फत गरिने स्पष्ट पार्नु भयो । मन्त्री […]

कोशी प्रदेश सरकार छाड्नका लागि पार्टीले संकेत गरेको छैन : मन्त्री लिम्वू

विराटनगर ७ जेठ । कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला तावा लिम्वूले सरकार छाड्नेबारे पार्टीले कुनै संकेत नगरेको बताउनु भएको छ । एमाले नेतृत्वको सरकारमा रहने वा नरहनेबारे आफुलाई कुनै जानकारी तथा संकेतहरु नआएको उहाँको भनाई छ । आईतबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ सरकार छाड्ने वा सरकारमा रहने […]